कान्तिपुरकर्मी पन्थीलाई पुरस्कार

बर्दिया — यस वर्ष स्थापित जमुना देवी यादव स्मृति पुरस्कार बर्दियाका कान्तिपुरकर्मी कमल पन्थीलाई प्रदान गरिएको छ ।

कान्तिपुरकर्मी पन्थीलाई पुरस्कार

उद्योग वाणिज्य संघको प्रादेशिक पर्यटक महोत्सवको अवसरमा पत्रकारिताको माध्यमबाट राष्ट्र, राष्ट्रियता र जिल्लाको समग्र विकासमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पत्रकार पन्थीलाई पुरस्कृत गरिएको हो । १० हजार १ सय नगद राशीको पुरस्कार गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग र स्मृति प्रतिष्ठानका संरक्षक मनोज यादवले संयुक्त रुपमा दोसल्ला ओढाई वितरण गरेका थिए ।


गुलरिया ७ की समाजसेवी यादवका नाममा छोरा मनोजले यो पुरस्कार स्थापना गरेका हुन् । उक्त अवसरमा प्रजिअ कुरुम्बाङ्गलाई यस वर्षको इन्ट्रिग्रेटी आईडल उपाधि जितेको भन्दै मेयर यादव र उद्योग वाणिज्य संघ अध्यक्ष वीरबहादुर चौधरीले दोसल्ला ओढाई सम्मान गरे ।

प्रकाशित : पुस १, २०७५ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?