२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जिपको ठक्करबाट एकको मृत्यु

प्यूठान — कुखुराको चल्ला लिएर बिजुवारबाट बाग्दुलातर्फ जाँदै गरेको जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान ११ बजेतिर से १ च २१७३ नम्बरको जिपले प्यूठान भालुबाङ सडक खण्डको प्यूठान नगरपालिका–७ स्थित पुन्यखोलामा प्यूठान नगरपालिका–७ लिपीकोटका ६२ वर्षीय ईश्वर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घाइते विकको जिल्ला अस्पताल बिजुवारमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।


गाडी र चालक झिमरुक गाउँपालिका–५ का अजय पोख्रेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १६, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?