कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेयरमाथि दुर्व्यवहार

प्यूठान — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्यूठानले स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायलाई अनियमितता गरेको आरोप लगाउँदै मंगलबार दिउँसो दुर्व्यवहार गरेको छ । 

पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्तालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई अनियमितता गरेकोलगायत आरोप लगाउँदै रोकायलाई कालोमोबील खनाइदिएको हो ।

मेयरमाथि दुर्व्यवहार

मेयरमाथि जनकारबाही गरेको जिल्ला सेक्रेटरीको नाममा विज्ञप्ति बाहिर आएको छ । नेकपा जिल्ला समिति प्यूठानका जिल्ला सेक्रेटरी दिलबहादुर घर्तीले पहिलो चरणको कारबाहीस्वरुप कालोमोसो दलेको प्रतिक्रिया दिए ।


तीन जना अपरिचित व्यक्तिआइ एक्कासी मोबिल खनाइदिएको मेयर रोकायाले बताए । ‘चुप भन्दै विज्ञप्ति आएपछि कारण थाहा हुन्छ भन्दै त्यहाँबाट गए,’ उनले भने ।


विज्ञप्तिमा आफूलाई लगाएका आरोप निराधार रहेको रोकायाले कान्तिपुरलाई प्रतिक्रिया दिए । ‘मलाइ लगाइएका आरोप सबै झुट्टा हुन्,’ रोकायाले भने, ‘कुनै कुरामा पनि सत्यता छैन ।’ उनले कार्यकक्षमै आएर अभद्र व्यावहार गर्नेहरुको पचिचान गरी कानुनअनुसार राज्यले कारबाही गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले घटनामा संलग्नहरुको खोजी भइरहेको बताए ।


प्रकाशित : पुस २४, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?