ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

एक महिनायता रोल्पामा सडक दुर्घटनाबाट ४ को ज्यान गयो
काशीराम डाँगी

रोल्पा — उत्तरी रोल्पास्थित परिवर्तन गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरका सहचालक परिवर्तन–६ कर्तमका १९ वर्षीय टोपेन्द्र घर्तीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

प्रहरीका अनुसार शुक्रबार बिहान १० बजेतिर ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको थियो । उक्त गाउँपालिकाको कर्तम गाउँबाट चामल बोकेर इरिवाङको बागमारा बजार आउने क्रममा ना ४ त ५३८४ नम्बरको ट्याक्टर ओरालो सडकमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ट्याक्टर सडकबाट २० मिटर मुनि खसेको थियो । दुर्घटनामा घाइते सहचालक घर्तीको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।


एक महिनाको अवधिमा रोल्पामा मात्रै सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ । यसअघि पूर्वी रोल्पामा छुट्टाछुट्टै भएका बस र टिपर दुर्घटनामा परी एक बालकसहित ३ जनाको मृत्यु भएको थियो ।


रोल्पाका ग्रामीण सडक निकै साँघुरा र कमजोर अवस्थाका भएकाले ती सडकहरुमा संचालित यातायातका साधन दुर्घटनामा पर्दै आएका छन् । व्यवसायीले मापदण्ड विपरीतका पुराना गाडी संचालन गर्दै आएकाले दुर्घटना बृद्धि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?