३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वडा अध्यक्षलाई अख्तियारको प्रशिक्षण 

यसअघि नगर प्रमुख र गाउपालिका अध्यक्षलाई तालिम दिइएको थियो
काशीराम डाँगी

रोल्पा — रोल्पाका सबै स्थानीय तहका वडा अध्यक्षहरुलाई अख्तियार नियन्त्रण र सुशासन सम्बन्धी प्रशिक्षण दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाका एक नगरपालिकासहित ९ गाउँपालिकाभित्रका ७२ वडाका अध्यक्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवदर्द्धनका बारेमा एक दिने प्रशिक्षण दिएको हो । 

प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीका अनुसार विकास निर्माणका योजना सम्पन्न गर्दा अख्तियार दुरुपयोग हुनबाट रोक्न र सबैलाई सचेत बनाउन उक्त तालिम आयोजना गरिएको हो । तालिम गत विहीबार सदरमुकाम लिबाङमा आयोजना गरिएको थियो । तालिम प्रभावकारी भएको परिवर्तन गाउपालिका ४ वडा अध्यक्ष सुकबहादुर बुढामगर थमनले बताए ।


आयोगले अघिल्लो वर्ष स्थानीय तहका प्रमुखलाई तालिम दिएको थियो । स्थानीय स‌ंरचनाकाे सबैभन्दा तल्लो तह वडापालिकाका पदाधिकारीहरु आफ्नो जिम्मेवारी र भूमिकाबारे सचेत भए अख्तियारको दुरुपयोग रोक्न सकिने भएकाले तालिक प्रदान गरेकाे आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।


जिल्लामा अख्तियार दुरुपयोगबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएका प्रजिअ एमसीले सबै तहमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु अहिलेको चुनौती भएको बताए । ‘यसका लागि ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ गर्न आवश्यक छ,’ उनले भने, ‘स्थानीय तहमा विकास बजेट ठूलो मात्रामा पठाइएकाले सरकारले पारदर्शी र प्रभावकारी कार्यान्वयन गराउन अघि सारेको योजना अनुसार अख्तियारको चासो बढेको हो ।’

आयोगले केन्द्र र प्रदेशमा आफ्नो कार्यालय स्थापना गरेको छ । केन्द्र र प्रदेश कार्यालय रहेका बाहेक अन्य जिल्लामा प्रजिअ नै अख्तियार दुरुपयोगको अनुसन्धान र्गछन् । प्रजिअले जिल्ला समन्वय समितिका पदाधिकारी बाहेक गाँउपालिका र नगरपालिकाका पदाधिकारीको गतिविधि अनुसन्धान गर्न पाउँछन् । त्यसबारे आयोगले प्रजिअलाई अख्तियारी सुम्पिसकेको छ । तर सरकारले तय गरेको मर्यादा क्रम अनुसार प्रजिअ गाँउपालिकाका अध्यक्ष भन्दा मुनि छन् । यसबाट जिल्लामा अख्तियार दुरुपयोग सम्बन्धी काम गर्न नैतिक अप्ठेरो आउन सक्ने कतिपयको धारणा छ ।

प्रकाशित : पुस २८, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?