जिप दुर्घटनामा १ को मृत्यु, १२ घाइते

काशीराम डाँगी

रोल्पा — सदरमुकाम लिबाङबाट कुरेली–मिरुलतिर सवारी लिएर जाँदै गरेको जिप सोमबार रोल्पामा दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटना परी राङ्सीकी २१ वर्षीय सञ्जु बुढामगरको घटनास्थलमै मृत्यु भएको हो ।

जिप दुर्घटनामा १ को मृत्यु, १२ घाइते

उनी माघी पर्व मनाउनका लागि कुरेली गाउँमा माइतीघर जाँदै थिइन् ।

दिउँसो ३:५० बजे परिवर्तन गाउँपालिकाको खरिबोट नजिकै लु १ ज ३३३२ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटना परी चालक सहित अन्य ११ जना घाइते भएका छन् । एक नौ महिने शिशु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

लिबाङबाट बिहान १० बजे १४ जना यात्रु लिएर जिप मिरुलको टुटुसम्मका लागि हिँडेको थियो । गन्तव्य पुग्नुअघि नै जिप सडकबाट मुनिको खोलामा खसेर दुर्घटनाग्रस्त हुन पुगेको थियो ।


प्रहरीका अनुसार जिप टुटु पुग्नुअघि नै परिवर्तन–१ स्थित कुरेलीको तरान गाउँ जाने क्रममा खोलामा खसेको हो ।

तरानका यात्रुले गाउँसम्म पुर्‍याइदिन चालकसँग पटक पटक अनुरोध गरेपछि उक्त जिप तरान लैजान चालक मुस्किलले तयार भएका थिए ।

दुर्घटनास्थल सदरमुकाम लिबाङदेखि करिब ५० किलोमिटर उत्तरमा पर्छ ।

प्रकाशित : पुस ३०, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?