कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सवारी दुर्घटनामा बालकको मृत्यु

दुर्गालाल केसी

दाङ — लमही नगरपालिका–५ रातोडाँडामा लु १ च ८०४१ नम्बरको पिकअप जिपले ठक्कर दिँदा मङ्गलवार एक जना बालकको मृत्यु भएको छ । फैटी गाउँपालिका–३ बाजुरा घर भई लमहीमा कोठा भाडामा बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

सवारी दुर्घटनामा बालकको मृत्यु

गाडीको ठक्करबाट गम्भीर घाइते भएका मल्लको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । बालकलाई ठक्कर दिने जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसैगरी तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनी चोक नजिकै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ४ प १८९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बा १९ च १६३ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर–१२ टरिगाउँका ३९ वर्षीय मणिराम चौधरी र उनको श्रीमती ४० वर्षीया गीता चौधरी घाइते भएका छन् ।


घाइतेलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : माघ १, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?