कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । पेशागत सुरक्षा र अस्पताल सुधारको माग राख्दै आन्दोलन थालेको कर्मचारी संघर्ष समितिले बुधबार बिहान प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै सम्पूर्ण प्रशासनिक कार्यालयमा ताला लगाएका हुन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

भोलि इमर्जेन्सी, प्रसूतिबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम रहेको संघर्ष समिति संयोजक हिमराज गौतमले बताए । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्तिगत स्वार्थमा लागेको उनको आरोप छ । कर्मचारीहरुको समायोजन हुनुपर्ने, तलब पाउनुपर्ने, सुविधा कटौती गर्न नहुने लगायतका ८ बुँदे माग राखी आन्दोलन थालेको गौतमले जानकारी दिए ।


प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका श्रेणीविहीन कर्मचारीहरुको म्याद थप नगरेको उनको भनाइ छ । प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निस्कासन गर्न पत्र तयार पारेका कारण आन्दोलित भएको उनले बताए । अस्पतालका कर्मचारीहरुले साउनदेखि तलब पाएका छैनन् । प्रतिष्ठानमा विकास समितिअन्तर्गतका ६२ कर्मचारी कार्यरत छन् ।

प्रकाशित : माघ २, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?