कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या अभियोगीमाथि बर्दियामा गोली प्रहार

कमल पन्थी

बर्दिया — प्रहरीले गोली चलाउँदा बर्दिया मधुवन नगरपालिका—३ खातामा एक युवक घाइते भएका छन् । हत्या आरोपपछि फरार रहेका बॉके राप्ती सोनारी गाउँपालिका—२ का जिरे भन्ने युवराज गिरीलाई नियन्त्रणमा लिने खोज्दा प्रहरीले गोली चलाएको थियो । गिरीको बॉया गोडामा गोली लागि घाइते भएको बॉके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जनाए ।

बॉकेका प्रहरी निरीक्षक भरत सिंहको कमाण्डमा गएको टोलीले गिरीलाई पक्राउ गर्ने क्रममा भागेपछि गोली हानेको थियो । गिरीको बॉया गोडामा गोली लागि घाइते भएको बॉके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जनाए । बॉकेका प्रहरी निरीक्षक भरत सिंहको कमाण्डमा गएको टोलीले गिरीलाई पक्राउ गर्ने क्रममा भाग्दा गोली प्रहार गरेका थिए । उनलाई उपचार्थ कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ ।


घटनाबारे जिल्ला प्रहरी कार्यालय, बर्दियाका एसपी सुरेन्द्र मैनालीले पुष्ट्याई गर्दै विस्तृत जानकारी बॉकेलाई थाहा भएको जनाए ।


गत पुस २७ गते सॉझ गिरीसहित दुई जनाले कोहलपुर बासपार्क स्थित खुल्ला चौरमा सुर्खेत सिम्ता गापा—४ का दिपक सिंहलाई घाँटी थिचेर हत्या गरेको एसपी पौडेलले बताए । घटनामा संलग्न अछाम हिर्मा गापा—६ का भरत शाहीलाई पक्राउ भइसकेका छन् ।

प्रकाशित : माघ २, २०७५ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?