बुटवलमा राजधानी माग गर्दै कांग्रेसले गर्‍यो खबरदारी सभा

अमृता अनमोल

बुटवल — प्रदेश ५ को स्थायी राजधानी बुटवलमा राख्नुपर्ने र छिटो नामांकरण गर्नुपर्ने माग सहित नेपाली कांग्रेसले बिहीबार खबरदारी सभा आयोजना गरेको छ । 

बुटवलमा राजधानी माग गर्दै कांग्रेसले गर्‍यो खबरदारी सभा

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गरेको एक वर्ष पुगेको अवसरसहित बुटवलमै स्थायी राजधानी माग गर्दै खबरदारी सभा आयोजना गरेको हो ।


दुई तिहाई बहुमतको सरकार भएर पनि एक वर्षसम्म राजधानी तोक्ने र नामांकरण गर्ने काम नभएको भन्दै जनस्तरबाट सरकारलाई दबाब दिन कार्यक्रम आयोजना गरेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।


कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, नेता विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेनद्रराज कँडेल लगायतको सहभागिता छ । भरखरै बुटवलको राजमार्ग चौराहबाट बृहत र्‍याली निस्किएको छ । र्‍याली बुटवल बजार परिक्रमा गरी मिडियाचोकमा पुगेर सभामा परिणत हुनेछ ।

प्रकाशित : माघ ३, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?