ब्राउन सुगरसहित भारतीय पक्राउ 

कमल पन्थी

बर्दिया — लागूऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्लाको राजापुर नगरपालिका—४ कर्णालीपुल शक्तिघाट नजिक रहेको बगर छेउमा बेचबिखनका लागि राखिएको अवस्थामा भारतीय नागरिक पक्राउ परेका हुन ।

भारत उत्तरप्रदेश राज्य लखिमपुर खिरी जिल्ला ईन्द्रनगरका २७ वर्षीय हरजित सिंहलाई १० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।


जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालयको सहयोगमा सिंहलाई नियन्त्रणमा लिएको हो । मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाँउपालिकामा कडाई गरेपछि लागूऔषधका कारोबारी राजापुरमा सक्रिय भएका छन् ।र

प्रकाशित : माघ ४, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?