कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

समृद्धिका आधार कृषि र पर्यटन : मुख्यमन्त्री पोख्रेल

दुर्गालाल केसी

दाङ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशलाई समृद्ध बनाउने आधार कृषि र पर्यटन भएको बताएका छन् । शनिवार बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभा उद्घाटन गर्दै पोख्रेलले प्रदेश सरकारले कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेको बताए ।

समृद्धिका आधार कृषि र पर्यटन : मुख्यमन्त्री पोख्रेल

माडी डाइभर्सन कार्यक्रम मार्फत दाङको सुख्खा जमिनलाई सिँचाई गरी पर्याप्त अनाज उत्पादन गर्ने योजना रहेको उनले बताए । तीन महानगर र तीन औद्योगिक क्षेत्र निर्माण गरी प्रदेशको औद्योगीकरण गर्ने योजनामा प्रदेश सरकार रहेको उनले बताए । ‘लुम्बिनी–रारा पर्यटन कोरिडोर निर्माण गरेर पर्यटनको विकास गर्ने योजना छ,’ उनले भने,‘प्रदेश ५ को समृद्धिको मुख्य आधार कृषि र पर्यटन नै हो । कृषिबाट सुरु गरेर पर्यटनको विकास गर्ने योजना छ ।’


कृषिको विकासका लागि स्मार्ट कृषि कार्यक्रम लागू भइरहेको उनले बताए । प्रदेश सरकारका योजनालाई जनतासम्म पुर्‍याउन स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने पोख्रेलले बताए ।


‘कृषिबाट मुलुकलाई समृद्ध बनाउने योजनामा सरकार लागि परेको छ । केन्द्रीय सरकारले प्रधानमन्त्री कृषि कार्यक्रम र प्रदेश सरकारले स्मार्ट कृषि कार्यक्रम लागू गरेको छ,’ उनले भने,‘यी दुवै कार्यक्रमलाई जनतासम्म पुर्‍याउनुपर्छ । हरेक किसानलाई यसबारे थाहा हुनुपर्छ ।’

प्रकाशित : माघ १९, २०७५ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?