कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुर्घटनामा घाइते सांसदलाई हेलिकप्टरमा काठमाडौं लगियो 

दुर्गालाल केसी

दाङ — लमही–घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ मसोटखोला नजिक बिहीबार बेलुका यात्रुवाहक बस र कार ठोक्किदा गम्भीर घाइते भएका प्रदेश सांसद् उत्तरकुमार ओलीलाई थप उपचारका लागि शुक्रबार दिउँसो हेलिकप्टर मार्फत् काठमाडौंको मेडासिटी अस्पताल लगिएको छ । 

दुर्घटनामा घाइते सांसदलाई हेलिकप्टरमा काठमाडौं लगियो 

कोहलपुर मेडिकल कलेजमा उपचारार्थ ओलीको अवस्था गम्भीर भएकाले काठमाडौं लगिएको हो । ओलीलाई बिहीबार बेलुका लमहीमा प्रारम्भीक उपचारपछि कोहलपुर रिफर गरिएको थियो । बिहीबार नै काठमाडौं लैजान खोजिएपनि मौसमको खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको थियो । ओली तत्कालीन एमालेका तर्फबाट दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित भएका थिए ।


घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं. को बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको सांसद् ओली सवार बा १८ च ६८३६ नं. को कार ठोक्किदा दुर्घटना भएको थियो । ठोक्किएपछि कार सडक किनारको नालीमा परेको थियो भने बस सडकमुनि पल्टिएको थियो ।


दुर्घटना परी बसमा सवार रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको थियो । दुर्घटनाका १४ घाइतेमध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख कार्यालयले जनाएको छ ।


यो पनि पढ्नुहोस्ः

दुर्घटनामा एकको मृत्यु, प्रदेश सांसदसहित १४ घाइते

प्रकाशित : माघ २५, २०७५ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?