३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रकम अभावमा रोकियो वृद्धाश्रम 

मनोज पौडेल

कपिलवस्तु — असहाय वृद्धवृद्धालाई आधुनिक सुविधा सहित आवास उपलब्ध गराउने उद्देश्यले कपिलवस्तुस्थित वाणगंगा–२ नन्दनगरमा १८ कोठाको स्मार्ट वृद्धाश्रम निर्माण भइरहेको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४ किमी उत्तर कैलाश आश्रमको मनकामना धार्मिक वनले प्रदान गरेको १ बिघा जग्गामा वृद्धाश्रम निर्माण भइरहेको हो ।

रकम अभावमा रोकियो वृद्धाश्रम 

५० प्रतिशत काम सकिसकेको यो वृद्धाश्रम आर्थिक अभावको कारण केही समययता भने रोकिएको छ ।


बेलायतमा क्रियाशील बुद्ध फाउन्डेशन, कपिलवस्तु समाज र एनआरएनले च्यारिटी गरी रकम संकलन गरेका थिए । उक्त रकमबाटै यहाँ बुद्ध फाउण्डेसन नेपालले एक वर्षअघि वृद्धाश्रम निर्माण सुरु गरेको थियो ।


हालै आयोजित पत्रकार सम्मेलनमा जनाए अनुसार बेलायतबाट अहिलेसम्म ५३ लाख संकलन गरेर पठाइएको छ । करिब १ करोड २५ लाखको लागतमा बन्न लागेको वृद्धाश्रमलाई झण्डै ७० लाख रुपैयाँ रकम नपुग छ । निर्माण कार्यमा बेलायतबाट संयोजन गरेका युवा व्यवसायी एवं बुद्ध फाउण्डेसन युकेका अध्यक्ष दिपक श्रेष्ठका अनुसार अहिले वृद्धाश्रमको काम रोकिएको छ ।

‘बेलायतबाट सहयोगी हातहरु अघि बढेपछि वृद्धाश्रमको काम अघि बढेको थियो’ उनले भने, ‘अब स्थानीयस्तरबाटै पनि सहयोगी हातहरु अघि बढोस् भन्ने चाहन्छौं ।’

प्रकाशित : माघ २८, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?