१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रहरीविरुद्ध नै बलात्कारको जाहेरी

रासस

घोराही — दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले बिहीबार राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । 

बलात्कार गरेको अभियोग लागेका हबल्दारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए । रातिका समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।


घटना अनुसन्धानका क्रममा भएकाले दुवै पक्षको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडितको स्वास्थ्य जाँचका लागि पठाइएको र प्रमाणित भए कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए । प्रहरी सङ्गठनले यस घटनालाई लुकाउने प्रयास थालेको पीडित पक्षको भनाइ छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?