कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भालुको आक्रमणबाट दुईजना घाइते

वीरेन्द्र केसी

अर्घाखाँची — खेतमा काम गरेर घर फर्कँदै गर्दा भालुको आक्रमणबाट शीतगंगा नगरपालिका–१० सिद्धाराको तल्लो हर्रेमा दुईजना घाइते भएका छन् । 

बाटोमा हिडदै गर्दा आइतबार राति ९ बजेतिर हर्रे गाउँका ३८ वर्षीय शंकर सोती र ५० वर्षीय पदम बहादुर बलाल घाइते भएका हुन् । सोतीको ढाड र तिघ्रामा चिथरेकाले अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाँडाका प्रमुख गणेश नरालले बताए ।


उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । बलालको हातको औलामा चोट लागेकाले घरमै छन् ।


साँझमा लाइट बालेर जंगलको बाटो हिडिरहेका बेला भालुले आक्रमण गरेको बलालले बताए । पछिल्लो समय शीतगंगाको सिद्धारामा भालुको बिगबिगी छ । एक्लै हिड्न स्थानीयलाई त्रास छ । स्कुल जाँदा र फर्कदा विद्यार्थी एक्लै हिडदैनन् ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?