कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पानीमै भुलेका ‘पानीबा’

दुर्गालाल केसी

दाङ — घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा १५ वर्षदेखि एउटै व्यक्ति निर्वाचित भएका छन् । हालै सम्पन्न अधिवेशनबाट देवीबहादुर डीसी छैटौं कार्यकालका लागि निर्वाचित भएका हुुन् ।

पानीमै भुलेका ‘पानीबा’

उनले यसअघि ५ कार्यकालमा १५ वर्ष बिताइसकेका छन् । अबको तीनवर्षे कार्यकालसहित उनले समितिमा १८ वर्ष बिताउँदै छन् ।

कांग्रेस निकट प्रजातान्त्रिक प्यानलबाट उम्मेदवार बनेका डीसीले १ हजार ९ सय ९६ मत प्राप्त गरेका थिए ।

उनका प्रतिद्वन्द्वी नेकपानिकट प्रगतिशील प्यानलका उम्मेदवार गणेशप्रसाद श्रेष्ठले ९ सय ७६ मत प्राप्त गरे । बाँकी सबै पदाधिकारी र सदस्यमा पनि प्रजातान्त्रिक प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा भरतमणि पाण्डे, सचिवमा सुमन शर्मा र कोषाध्यक्षमा धु्रव केसी निर्वाचित भएका छन् । सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खडका थापामगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन् ।

शनिबार रातिदेखि सुरु भएको मतगणनाको परिणाम आइतबार दिउँसो सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले बताए ।

पानीमै भुलेका ‘पानी बा’

छैटौं कार्यकालका लागि निर्वाचित अध्यक्ष डीसी धेरै उपभोक्ताले आफूलाई ‘पानीबा’ का रूपमा चिन्ने गरेको बताउँछन् । ‘सबैले पानीबा भन्छन् । पानीको समस्या भयो भने तत्काल खबर गर्छन् । म पनि तुरुन्तै समस्या समाधान गर्न गैहाल्छु,’ उनले भने, ‘पानीमा यही बूढोले काम गर्नुपर्छ भन्छन् । म के गरूँ ?’ आफ्नो अन्य कुनै पेसा, व्यवसाय, राजनीति नभएकाले पानीकै क्षेत्रमा काम गर्न चाहेको उनले बताए । पानीकै क्षेत्रमा अनुभव भएकाले सक्दासम्म यही क्षेत्रमा योगदान गर्न चाहेको उनले बताए ।

घोराहीमा पानीको स्रोत घट्दै गएकाले अबको कार्यकालमा थप स्रोत खोजी पानीको व्यवस्था गर्ने योजना रहेको उनले बताए । ‘बबई र कटुवाखोलाबाट प्रतिसेकेन्ड ८० लिटर पानी निकाल्ने योजना छ । यो योजना पूरा गर्न पनि म अझै नेतृत्व लिएर काम गर्न तयार भएको हुँ,’ उनले भने, ‘अहिले भएको स्रोतले नपुग्ने भएकाले अरू खोजी गर्ने योजना छ । सम्भाव्यता अध्ययन पनि भइसकेको छ ।’

हाल ६ हजार ५ सय उपभोक्ता रहेको र १० वर्षमा दोब्बर हुने उनले बताए । ‘हरेक वर्ष ३/४ सय थपिन्छन् । ५ वर्षजति अहिलेको पानीले धान्छ,’ उनले भने, ‘त्यसपछि यो पानीले पुग्दैन । त्यतिबेलासम्म अरू स्रोत तयार भइसक्नुपर्छ ।’ ०५४ सालमा सदस्यका रूपमा संस्थामा प्रवेश गरेका डीसीले १५ वर्षमा खानेपानी व्यवस्थित गर्न धेरै मिहिनेत गरेको दाबी गरे । ‘सुरुमा एउटा पनि डिप बोरिङ थिएन । २ सय धारा मात्रै थिए ।

कटुवा र सेवार खोलामा सीधै पाइप जोडेर पानी ल्याइएको थियो,’ उनले भने, ‘अहिले सबै पानीलाई शुद्धीकरण प्रणालीमा जोडेर खुवाइन्छ । अहिले कटुवा खोला र १२ वटा डिप बोरिङको पानी वितरण भइरहेको छ ।’

विद्युतको भोल्टेज नपुग्ने भएकाले ६ वटा जेनेरेटर जडान भएको उनले बताए । धनचौर, फुर्सेखाली, ढोडेनी, नयाँ बजार, घोराही बजार र गुलरियामा रिजर्भ टयांकी छन् । घोराहीमा दैनिक ३८ लाख लिटर पानी खपत भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?