३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मानव तस्करी रोक्न चुनौतीपूर्ण : अन्सारी 

कमल पन्थी

बर्दिया — राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मानव बेचविखन तथा ओसारपसार चुनौती बन्दै गएको बताइकी छिन् । उनले महिला मात्रै नभई पुरुष पनि बेचिएको बताइन् ।

मानव तस्करी रोक्न चुनौतीपूर्ण : अन्सारी 

बर्दियामा मंगलबार आयोजित ‘मानव बेचबिखन तथा ओसार पसारको वर्तमान अवस्था र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोग सदस्य अन्सारीले मुलुक बाहिर मात्रै नभई स्वदेशमा समेत बेचविखन हु‘दा राज्य मौन बसेकोमा चिन्ता व्यक्त गरिन् ।


उनले बेचबिखन र ओसारपसार रोक्न सरकारी मौनता र उदासिनता देखिएकादे स्थानीय तहले बजेट छुट्टयाई रोकथाममा जुट्नु पर्ने बताइन् ।


यसैगरी माइती नेपालका नेपालगञ्जस्थित क्षेत्रिय कार्यालय प्रमुख केशव कोइरालाले सन् २०१८ मा बर्दियाबाट १ सय १३ महिला तथा बालबालिका सम्पर्कविहीन भएको तथ्यांक प्रस्तुत गरे । ती मध्ये महिला ५३, बालिका ३९ र बालक २१ रहेको उनले बताए ।


भारत हुँदै खाडीमुलुक पुर्‍याउने दलालहरुको संगठन सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा सक्रिय रहेको अध्ययनमा देखिएको छ । सिमावर्ती क्षेत्रमा प्रहरीको जनशक्ति बढाएर सरकारले सक्रियता देखाउन जरुरी रहेको कानुन व्यवसायी केशव जिसीले बताए ।


प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले मानव बेचविखन न्यूनीकरण गर्न सबै चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा गुलरिया नपाका मेयर मुक्तिनाथ यादव लगायतका वक्ताले मानव बेचबिखन रोकथामका लागि दलालको पहिचान गरि कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?