कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दाङका हरेक घरमा यसै वर्षभित्र विद्युत : उर्जामन्त्री पुन

दुर्गालाल केसी

दाङ — उर्जा, जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले हरेक जनताको घरमा विद्युतको पहुँच पुर्‍याउने बताएका छन् । रिपोटर्स क्लबले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले अब कोही पनि नागरिक अन्धकारमा बस्नु नपर्ने बताए ।

दाङका हरेक घरमा यसै वर्षभित्र विद्युत : उर्जामन्त्री पुन

दाङमा यसै वर्षभित्र चाहे जति विद्युत वितरण हुने र अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने उनले बताए । 'विद्युतका पूर्वाधार थप गर्दै गुणस्तरीय विद्युत वितरणमा जोड दिएका छौं,' उनले भने, 'अब हरेक जनतालाई जलविद्युतको मालिक बनाउने गरी जनताको जलविद्युत योजना पनि सञ्चालन गरिरहेका छौं । हरेकले विद्युतमा सजिलै पहुँच पाउने छन् ।'


मन्त्री पुनले सरकारले पहिलो वर्ष आवश्यक कानून निर्माणमै धेरै समय खर्चनु परेको उल्लेख गर्दै अबका चार वर्ष कार्यान्वयनका वर्ष हुने बताए । उनले प्रदेश ५ को राजधानी सबैको प्रशासनिक सुगमता हुने गरी तोक्नुपर्ने धारणा व्यक्त गरे । प्रदेशभरका जनताको मनोभावनालाई समेटेर राजधानी र प्रदेशको नामाकरण हुनेमा उनले आशा व्यक्त गरे ।


पत्रकार भेटघाटमा कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले तुलसीपुर-सुर्खेत सडक छिटै सञ्चालन गरी कर्णाली प्रदेशलाई ५ नम्बर प्रदेश र संघीय राजधानीसँग जोड्ने बताए । यो सडक सञ्चालन भएमा कर्णालीलाई संघीय राजधानीसँग जोडिन ८७ किलोमिटर दूरी कम पर्ने उनले जानकारी दिए ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको नियमित विद्युत सेवा, हवाइ सेवा र इन्धन डिपो सञ्चालनका लागि सम्बन्धित मन्त्रालय र विभागहरुमा पहल गरीदिन मन्त्री पुनलाई आग्रह गरे । उनले सहज बिधुत सेवाका लागि तुलसीपुर उपमहानगरपालिका ५० प्रतिशत लगानी गर्न तयार रहेको बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?