कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

भारतीय उखु नेपालमा

कान्तिपुर संवाददाता

परासी — धमाधम भारतीय उखु नेपाल भित्रिन थालेपछि यहाँका उखु किसान मर्कामा परेका छन् । यसअघि क्रसिङको समयभन्दा झण्डै ३ महिना ढिलो चिनी मिल संचालनमा आउँदा समस्यामा परेका किसानलाई भारतीय उखुले थप मर्कामा पारेको हो । 

बिचौलियामार्फत भारतीय उखु नेपाल भित्र्याएर मिलसम्मै पुग्न थालेपछि नेपाली किसानको उखु समयमा तौल नहुने र पुर्जी नपाउने समस्या छ । भारतबाट आएको उखु बिचौलियाले मिलसम्मै पुर्‍याउन थालेका छन् । बिचौलियाले रातको समयमा बैदौली, बसहिया, रेगैया, लक्ष्मीपुर र भुजहवालगायतका खुला नाकाबाट ट्र्याक्टरमा भारतीय उखु भित्र्याउने गरेका छन् ।


हरपुरका रवीन्द्र चौधरीले भारतबाट उखु आउँदा आफूहरू समस्यामा परेको गुनासो गरे । ‘उद्योगले सीधै भारतीयसँग किन्दैनन्,’ उनले भने, ‘नेपाली बिचौलियाले भारतबाट उखु ल्याएर आफैं किसान बनेर उद्योगलाई बेच्दा किसान मर्कामा परेका हुन् ।’ मिल संचालकले पनि बिचौलियालाई नै प्राथमिकता दिएर नेपाली किसानलाई दुःख दिने गरेका छन् । सीमा क्षेत्रमा अवैध निकासी रोक्नका लागि खटिएका सुरक्षाकर्मीले समेत बेवास्ता गरिदिंदा भारतीय उखु सहजै नेपाल प्रवेश हुने गरेको छ ।


उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले भारतीय उखु धमाधम नेपाल भित्रिंदा नेपाली किसान मर्कामा परेको बताए । ‘नेपाली सीमानजिक रहेका केही भारतीय चिनी उद्योग यस वर्ष संचालनमा आएनन्,’ उनले भने, ‘भारतीय किसानको उत्पादन बिक्री नभएपछि सस्तो मूल्यमा रातारात बिचौलियामार्फत उखु नेपाल भित्रिरहेको छ ।’ चिनी उद्योगले भने आफूहरूले भारतीय उखु खरिद नगरेको दाबी गर्ने गरेका छन् । यहाँ इन्दिरा सुगर इन्डस्ट्रिज, वाग्मती खाडसारी र लुम्बिनी चिनी मिल गरी ३ वटा ठूला उद्योग संचालनमा छन् । दर्जनौं भेली बनाऊने क्रसर संचालनमा छन् ।


अवैध त्रसर चिनी

उद्योगलाई उखु बिक्री गरे पनि उधारो बेच्नुपर्ने र वर्षौंको भुक्तानी नपाउने समस्याका कारण पश्चिम नवलपरासीमा ऊखु क्रसिङ गर्ने त्रसर छ्यापछ्याप्ती छन् । सस्तोमा उखु खरिद गरेर गाउँमा भेली उत्पादन हुन्छ ।


जिल्लामा ५० भन्दा बढी अवैध क्रसर संचालनमा छन् । तर, यसको अनुगमन तथा नियमन हुन सकेको छैन । चिनी मिल ढिलो संचालन हुँदा सरकारले तोकेको मूल्यभन्दा आधा मूल्यमा क्रसर उद्योगले उखु खरिद गरेर राख्ने र पेल्ने गर्छन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?