साढे ३५ लाखसहित दुई पक्राउ 

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके प्रहरीले ३५ लाख ४२ हजार रुपैयाँसहित दुई जनालाई बुधवार साँझ पक्राउ परेको छ । बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा भारत बहराईच रुपैडिहका ३० वर्षीय रबीश पाठक र १२ वर्षीय नितेश तिवारी रहेका छन् । 

साढे ३५ लाखसहित दुई पक्राउ 

उनीहरूलाई नेपालगन्जको पसाङल्हामु मार्ग नजिकै पक्राउ गरिएको हो । उनीहरूले शरीरभरी पैसा लुकाएर ल्याएको र उक्त रकम भारतबाट ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


पक्राउ पर्नेहरूले साहुको पैसा भएको दाबी गरेका छन् । प्रहरीका अनुसार भारतीय रुपैयाँ साटेर नेपाली बनाएर ल्याउन खोजिएको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?