३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सिके राउतसँगको सहमतिले देशलाई दुर्घटनामा फसाउँछ : कमल थापा 

अमृता अनमोल

बुटवल — राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको सहमतिले देशलाई दुर्घटनामा फसाउने दाबी गरेका छन् । 

सिके राउतसँगको सहमतिले देशलाई दुर्घटनामा फसाउँछ : कमल थापा 

बुटवलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मधेसमा सिके राउत पुग्दा भएको नाराबाजी र आपत्तिजनक व्यानर प्रयोगले कालान्तरमा देशलाई दुर्घटनामा लैजाने संकेत गरेको बताए ।


सरकारले दस्ताबेजका बुँदाहरु सरल ढंगले लेख्न सकिने भएपनि लुकाएर,छिपाएर र रहस्यमय तरिकाले ल्याएको उनको आरोप थियो । छलछाम,जालझेल र अमूर्त ढंगले बुंदाहरु ल्याउनु र सिके राउतका कार्यकर्ताले प्रयोग गरेका नाराबाजी र व्यानरमा प्रतिवन्द नलाउनुले सरकारमाथि पनि शंका लागिको भन्दै उनले आपत्ति जनाए ।


'देशमा सानै भएपनि बिखण्डनकारी तत्व सल्बलाए,आफैंमा विरोधाभाष ,अमूर्त, विवादित र रहस्यमय छ,' उनले भने । अर्को प्रसंगमा थापाले हिन्दूराज्यको पक्षमा देशभर जनलहर बढेको भन्दै नेपाल हिन्दूराष्ट्र बनाइछाड्ने समेत दाबी गरे ।

प्रकाशित : फाल्गुन २८, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?