३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रभावकारी भएनन् बालविकास केन्द्र

बुटवल — यहाँका ४ वर्षीय महावीर रोकाया बालमन्दिरको प्रारम्भिक बालविकास कक्षामा पढ्छन् । विद्यालय जाने बेला रुन्छन् । गत वैशाखदेखि भर्ना भएका उनले के–के सिके हजुरआमा शीतलादेवीलाई पत्तो छैन । ‘घरमा हेर्ने मान्छे छैन, त्यसैले पठाउँछु,’ उनले भनिन्, ‘कहिलेकाहीं रोएर आउँन मान्दैन ।’ बालमन्दिरमा २५ विद्यार्थी छन् । त्यसमध्ये आधा नियमित आउँदैनन् । उनीहरूलाई पढाउन २ जना सहयोगी कार्यकर्ता छन् । 

शिक्षक सीता पाण्डेले भौतिक स्रोत र शैक्षिक सामग्रीको अभावमा सिकाइ प्रभावकारी हुन नसकेको बताइन् । यसले विद्यार्थी आकर्षित नभएको उनले बताइन् । ‘एउटा कुरा जुटायो अर्को अभाव हुन्छ,’ उनले भनिन्, ‘भरपर्दो व्यवस्थापन गर्न नसक्दा बालमैत्री वातावरण बनाउन सकिएको छैन ।’ बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने पहिलो माध्याम बालविकास केन्द्र हुन् । केन्द्रमा ५ वर्षमुनिका बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, संज्ञानात्मक र नैतिक शिक्षा विकास गरिन्छ । यिनमा आकर्षण देखिँदैन ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक अनुसार अहिले मुलुकभर ३६ हजार ५ सय ६८ वटा बालविकास केन्द्र छन् । तिनमा ३० हजार ४ सय ४८ वटा सामुदायिक छन् । ६ हजार १ सय २० वटा संस्थागत विद्यालयले चलाएका छन् । प्रदेश ५ मा ६ हजार ४ सय १६ बालविकास केन्द्र छन् । तिनमा १२ जिल्लाका २ लाख १३ हजार ६ सय ११ बालबालिका अध्ययनरत छन् । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार १६ हजार ८ सय ४० बालबालिका केन्द्रमा गएका छैनन् । केन्द्र वार्षिक न्यूनतम २ सय २० दिन सञ्चालन गर्नुपर्छ । यहाँका केन्द्र नियमित नखुल्ने समस्या छ ।


केन्द्रका भौतिक अवस्था दयनीय छन् । यसले गर्दा कतिपय केन्द्रमा बालबालिकाको आकर्षण नभएको मन्त्रालयको शिक्षा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले बताए । यसले माथिल्लो तहमा जाने बालबालिका र सिकाइ उपलब्धिमा असर परेको छ । बालविकास केन्द्रमा गएका बालविकास केन्द्रमा भर्ना भएका १९ प्रतिशत बालबालिका कक्षा एकमा भर्ना भएका छैनन् ।


‘बालविकासको अनुभव लिएर कक्षा एकमा भर्ना भएका बालबालिकाको टिकाउ दर बढेको र शैक्षिक उपलब्धि वृद्घि हुन्छ ,’ उनले भने, ‘यसका लागि प्रदेशमा सञ्चालित प्रारम्भिक बालविकास केन्द्रको गुणस्तर वृद्घि गर्न र अनुगमन तथा निरीक्षण बढाउन आवश्यक छ ।’

प्रकाशित : चैत्र २, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?