कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाहुना चरा घटे, नयाँ भेटिए

कमल पन्थी

बर्दिया — साइबेरियाबाट आएका सारस र मरुल लगायतका पाहुना चरा फर्किन थालेका छन् । प्रत्येक वर्ष असोज र कात्तिकमा आउने चरा फागुन अन्तिममा फर्किन्छन् । यहाँ आएका चरा सिमसार क्षेत्रमा रमाउँछन् । गर्मी सुरु भएपछि फर्किन्छन् । 

पाहुना चरा घटे, नयाँ भेटिए

पछिल्लो समय पहिले जस्तो धेरै चरा आउँदैनन । यहाँस्थित बढैयातालमा २ दशकयता यस्ता चरा घटदै गएका छन् । सारस, मरुललगायतका चरा घट्दै गएको स्थानीय ६५ वर्षीय मेहीलाल थारुले बताए । ‘मौसम परिवर्तन हुनासाथ बसाइँ सराइ सर्ने पंक्षि एक ठाउॅमा बस्दैनन्,’ उनले भने, ‘ताल वरिपरि थुप्रै घर निर्माण, माछापालन र ध्वनि प्रदूषणले पाहुना चरा घट्दै गएका हुन् ।’


उनका अनुसार पाहुना चराले यहाॅको वातावरण रमणीय हुने गर्थ्यो । साविकका मैनापोखर र सोरहवा गाविसमा रहेको तालमा यस वर्ष गरिएको गणनामा ४ प्रजातिका नयाँ चरा फेला परेका थिए । तालमा औषधिको बढ्दो प्रयोगले चरा मर्न थालेको बढैयाताल–४ का रामलखन थारुले बताए । पाहुना चरा घट्दै गएपनि नयाॅ प्रजातिका चरा फेला परेका छन् ।


तालमा गणना गर्दा सारस, कुर्मा, बगाले सिंह कुखुरा, मरुल, हुटिट्याउ, लोभीपापी, गरुड हरिहाॅसलगायत प्रजातिका चरा भेटिएको चराबिद् रामबहादुर शाहीले बताए । ‘गत वर्ष गणना गर्दा २ हजार ४ सय २८ चरा फेला परेका थिए,’ उनले भने, ‘दुई महिनाअघि गरिएको गणनामा १ हजार ९ सय ७२ चरा गणनामा देखिए ।’


बर्दिया प्रकृति संरक्षण क्लब, पक्षी संरक्षण संघलगायतले गणना गर्दै आएका छन् । शाहीले नेपालमा ३४ हजार ४ सय ५५ हेक्टर सिमसार क्षेत्रफलमा चरा गणना भएको बताए । यस वर्ष कर्णाली, गेरुवा नदी र तटीय क्षेत्रमा गणना गर्दा चराको संख्या बढेको छ ।

राष्ट्रिय भेला

पक्षी संरक्षण संघको आयोजनामा नेपाल चरा संरक्षण सञ्जालको दोस्रो राष्ट्रिय भेला जिल्लामा सुरु भएको छ । चरा, तिनको बासस्थान र जैविक विविधिता संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधि, चरा संरक्षण भएका कार्यको समीक्षा तथा आगामी कार्य योजना तय गर्न र स्थानीय संरक्षण समुदायको सशक्तीकरणका विषयमा छलफल भइरहेको छ ।


बर्दिया प्रकृति संरक्षण क्लबको व्यवस्थापन र पक्षी संरक्षण संघको संयोजनमा आयोजित भेलाको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले उदघाटन गर् े। पन्छी संरक्षण संघका संरक्षण अधिकृत कृष्ण भुसालले नेपालमा समुदायमा आधारित भएर गरिएको चरा तथा जैविक विविधताको संरक्षण अभियान विश्व संरक्षण समुदायका लागि अनुकरणीय कार्य भएको बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?