कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिजुवारमा वृद्धाश्रम

प्यूठान — प्यूठान नगरपालिका–४ बिजुवारस्थित नगरपालिका भवन नजिक वृद्धाश्रम भवन निर्माण हुन थालेको छ । २०६४ सालमा धार्मिक ज्ञानमहायज्ञ लगाएर निर्माण गर्न थालिएको भवन रकम अभावले अघि बढ्न सकेको थिएन ।

अहिले सहरी विकास तथा भवन कार्यालय दाङमार्फत बजेट विनियोजन भएपछि निर्माण अघि बढेको हो । जेष्ठ नागरिक सेवा केन्द्रका लागि नगरपालिका नजिक अत्याधुनिक भवन निर्माण भइरहेको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘भवन निर्माण भएपछि जिल्लाभरका सहाराविहीन वृद्धवृद्धाको आश्रय सहज हुनेछ,’ कक्षपतिले भने, ‘त्यसैले कार्यालयसँग परामर्श गरी विभिन्न पक्षमा हामीले सहयोगसमेत गरिरहेका छौं ।’


प्यूठानको जेष्ठ नागरिक भवन निर्माणका लागि भ्याटबाहेक ४ करोड ७८ लाख ६० हजार ९ सय २९ रुपैयाँ खर्च गर्नेगरी ठेक्का भएर निर्माण सम्झौता भएको इन्जिनियर सन्तोष यादवले बताए । निर्माणको जिम्मा जोशी/मल्लरानी/जेभीले लिएको छ ।


७७ असार ३ गतेभित्र निर्माण पूरा गरेर कार्यालयलाई बुझाउनेगरी ठेक्का सम्झौता भएको यादवले बताए । भवन चार ब्लकको बन्ने कार्यालयले जनाएको छ । पहिलो ब्लकमा आवास, दोस्रोमा मिटङ हल, तेस्रोमा किचन र चौथोमा प्रशासन कक्ष निर्माण गरिने उनले बताए । पहिले समितिमार्फत काम गरेर उठाइएका पिल्लरलाई नोक्सान नगर्ने गरी त्यसैमा किचन बनाउन ब्लक निर्माणको काम भइरहेको यादवले जानकारी दिए ।


०७१ फागुन २ गते प्यूठान स्वर्गद्वारी दोस्रो महोत्सवको अवसर पारेर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भवनको शिलान्यास गरेका थिए । त्यसयता रकम अभावले अलपत्र परेको भवन अहिले निर्माण सुरु भएको हो ।

प्रकाशित : चैत्र ४, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?