कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्लास्टिकमुक्त सहर अभियान : अटेर गरे कारबाही

नेपालगन्ज/परासी — बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्लास्टिकमुक्त सहर बनाउने निर्णय गरेको छ । गत आइतबार भएको चौथो नगरसभाले प्लास्टिकमुक्त उपमहानगरपालिका घोषणा गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । सभामा फोहरमैला व्यवस्थापन विधेयक २०७५ लगायतका प्रस्तावमाथि छलफल गरिएको थियो ।

प्लास्टिक उत्पादन गर्ने उद्योगको अनुगमन र प्रचारप्रसार गर्ने जनाएको छ । कागज तथा कपडाको झोला प्रयोगमा जोड दिइने उल्लेख छ । अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याइने उपमहानगरका कार्यकारी प्रमुख हरि प्याकुरेलले बताए । ‘सुरुमा व्यापक प्रचार गर्छौं । त्यसपछि अटेर गरे कारबाही हुन्छ,’ उनले भने ।


जथाभावी प्लास्टिकका झोला बिक्री वितरण गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ । यसअघि सरकारले २० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न निषेध गर्न निर्देशिका जारी गरेको थियो ।


निर्देशिका अनुसार व्यवसायी मात्रै होइनन् उपभोक्ता पनि कारबाहीमा पर्नेछन् । प्लास्टिकका झोला बिक्री वितरण र प्रयोग गर्ने कार्यलाई नियन्त्रण गर्न जिल्लामा संयन्त्र पनि गठन गरिएको थियो । यसअघि आएको वातावरण संरक्षण ऐन, २०५३ को दफा १८ (२) ले सरकारले तोकेको कम माइक्रोनको प्लास्टिक झोलाको प्रयोग गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । एक माइक्रोन भनेको एक मिटरको १० लाख भागमध्येको हो ।


निर्देशिकाले साना प्लास्टिक झाेलाको साइज ७ सय ×१४ इन्च माइक्रोन २०, मध्यम साइज ९× सय १६ इन्च माइत्रोन २०, ठूलो साइज १ हजार २× सय २० इन्च माइक्रोन २५ र झन् ठूलो साइज १ हजार २ सय ×२३ इन्च र माइक्रोन २५ हुनुपर्ने मापदण्ड तोकेको छ ।


जम्बो प्लास्टिक झोलाको साइज १ हजार ४× सय २८ इन्च माइक्रोन ३०, सुपर जम्बो साइज १ हजार ६× सय ३२ इन्च माइक्रोन ३० र अति सुपरजम्बोको साइज २ हजार ३५ इन्च माइक्रोन ४० तोकिएको छ । नेपालगन्जमा प्लास्टिकका झोला छ्याप्छ्याप्ती प्रयोगमा छन् । सस्तोको नाममा निकै कमजोर प्लास्टिक बजारमा प्रयोग भइरहेको  छ।


व्यवसायीले कालो रंगको प्लास्टिक झोलामा राखेर खाद्यवस्तुको बिक्री वितरण गर्दै आएका छन् । तर कालो रंगको प्लास्टिकमा खाद्य सामग्री राख्दा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै निर्देशिकाले त्यसमा रोक लगाएको छ ।


व्यावसायी सक्रिय

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको जिमिरेभार व्यापार संघले बजार क्षेत्र प्लास्टिक झोलामुक्त बनाउन अभियान सुरु गरेको छ । संघले बजार क्षेत्रका व्यावसायीलाई प्लास्टिकको झोला प्रयोग नगरी त्यसको सट्टामा कागज वा कपडाको झोला प्रयोगमा ल्याउन आफ्ना ग्राहकलाई अनुरोध गरेको छ । व्यावसायीले पनि साना आकारका प्लास्टिकका झोला राख्न छाडेका छन् ।


व्यापार संघले केही महिनाअघिदेखि सुरु गरेको अभियानमा अहिले उपभोक्ताले पनि साथ दिन थालेका छन् । जिमिरेभार क्षेत्रका केही पसलले प्लास्टिकका झोला प्रयोगलाई पूर्ण रूपमा रोक लगाएका छन् । कतिपयले प्रयोगको अनुपात घटाउँदै कागजका झोलाको प्रयोग बढाएको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए । ‘सुरु–सुरुमा उपभोक्ता कपडाको झोला महँगो भन्दै प्रयोग गर्न आनाकानी गर्ने गरेका थिए,’उनले भने, ‘कागज र कपडाको झोला पुनः प्रयोग गर्न सकिने भएकाले पछिल्लो समय उपभोक्ताहरू आफैंले झोला लिएर आउने गरेका छन् ।’


कागज र कपडाको झोला बुटवलबाट ल्याउनुपर्ने बाध्यता छ । जसका कारण अभियान सञ्चालन गर्न चुनौती भएको व्यवसायीले बताए । बर्दघाट नगरपालिकाले भियानमा साथ दिने र आवश्यक बजेट व्यवस्थापन गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल नभएको संघको गुनासो छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?