कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नातिलाई आरन सिकाउँदै

प्यूठान — बिहानदेखि साँझसम्म बाजे–नाति आरनमा व्यस्त हुन्छन् । आफूले जानेको सीप नातिलाई सिकाउन बाजे दत्तचित्त छन् । सीप सिकेर बिष्ट (ग्राहक) धान्ने धोको नातिको छ । नौबहिनी गाउँपालिका–२ लिघा कुर्तीबाङका ५५ वर्षीय दलसिंह सुनार १६ वर्षीय नाति रुमबहादुरलाई आरन चलाउन सिकाइरहेका छन् । 

आरन पेसाले उनीहरूको परिवार धानिएको छ । नातिको यही पेसाबाट गुजारा चलाओस् भनेर हँसिया, खुकुरी, कोदालोलगायत औजार बनाउन सिकाइरहेको दलसिंहले बताए । छोरा–नातिलाई दिन आफूसँग यही सीप मात्र रहेको उनले बताए । नाति १२ वर्षको हुँदादेखि आरनमा राखेर सिकाउँदै आएको उनले बताए ।


‘म ८ वर्षबाट आरनमा बसेको हुँ,’ उनले भने, ‘काम जानेकाले २ छाक सजिलै खाइएको छु ।’ राम्रो काम गरेकाले गाउँमा २० बाट ७० घर बिष्ट पुर्‍याएको उनले बताए । ‘आरन पेसाले गुजारा भइरहेको छ,’ उनले भने, ‘बस्ने बासबाहेक एक टुक्रा जमिन छैन । काम नजाने के खाने ? ।’ आरन पेसाले ६ जनाको परिवार राम्रोसँग चलेको उनले बताए । ‘रुमबहादुरले धेरै काम सिकिसकेको छ,’ उनले भने, ‘हाम्रो आरनका बिष्ट अब अन्यत्र जाँदैनन् ।’


गाउँलेका हसियाँ, खुकुरी, बञ्चरो, पिटाउने, बनाउने गरेबापत उनीहरूले सिजनअनुसारको (बाली) अन्न उठाउने गर्छन् ।

‘सिजनअनुसारको बाली उठाउन हामी पुग्छौं,’ दलसिंहकी श्रीमती ठगीमा सुनारले भनिन्, ‘पुरुषहरू आरमा काम गर्छन् ।’ दसैं, तिहार, तीज, चैते दसैंलगायत चार्डपर्वको भागसमेत लिने चलन रहेको ठगीले बताइन् ।


राम्रो काम गरेर जति रिझाउन सक्यौं उति माया पाइने बताइन् । एक सय ५० घर बसोबास रहेको कुर्तीबाङमा ३ वटा आरन रहेका छन् । ‘उनीहरूले निर्माण गरेका कृषि औजार लामो समय टिक्ने, राम्रो काट्ने जुन आरमा निर्माण हुन्छ,’ नौबहिनी–२ का वडाध्यक्ष गोपीराम घर्तीले भने ।’

प्रकाशित : चैत्र ९, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?