२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्गालाल केसी

दाङ — जीपको ठक्करबाट शनिबार बिहान तुलसीपुरमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको जीपले विपरित दिशातर्फ जाँदै गरेको बा ९७ प ५८६२ नम्बरको मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका-२ नन्दगाउँमा ठक्कर दिँदा मोटरसाइकल चालक दंगीशरण गाउँपालिका-६ थपगाउँका १८ वषर्ीय गोरख चौधरीको घटनास्थलमै मृत्यु भएको हो । 

जीप र मोटरसाइकल नियन्त्रणमा रहेको र जीपचालक फरार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताएका छन् ।

प्रकाशित : चैत्र ९, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?