कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नगरपालिकाले १३ माविलाई सेनेटरी प्याड दिने

बिप्लब महर्जन

सल्यान — शारदा नगरपालिका सल्यानले नगरभित्रका १३ माध्यमिक विद्यालयका छात्राको लागि सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । महिनावारीका बेला छात्राहरु विद्यालय नजाने र सफा कपडा प्रयोग नगर्दा विभिन्न समस्या देखापर्न थालेपछि मावि तहका छात्रालाई नगरपालिकाले प्याड उपलब्ध गराउने भएको हो ।

नगरपालिका भित्रका त्रिज मावि लुहापिङ्ग, सिवजन मावि सितलपार्टी, महेन्द्र मावि पिपलनेटा, त्रिज मावि मार्के, महेन्द्र मावि हिवल्चा, कालिका मावि कजेरीलगायत विद्यालय छन् । प्याडबाट १३ माविका झन्डै पाँच हजार छात्रा लाभान्वित हुने छन् ।

शारदा नगरपालिका ४ साहुटोलामा सुरक्षा सेनेटरी प्याड उद्योगको उद्घाटन गर्दै नगरप्रमुख सुरेश अधिकारीले माविमा सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेका हुन् । छात्राहरु महिनावारी हुँदा पढाईबाट बन्चित हुने अवस्था नरहोस् भन्दै नि:शुल्क प्याड उपलब्ध गराउन लागेको उनले बताए ।


उपप्रमुख सावित्रा बस्नेतले प्याडको प्रयोगले विभिन्न संकमणबाट महिलालाई बचाउने बताइन् । सेनेटरी प्याड प्रयोगबारे स्वास्थ्यकर्मीहरुले विद्यालयमा गएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकायले स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र ९, २०७५ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?