कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्याेग वाणिज्य स‌ंघमा प्रजातान्त्रिक प्यानल विजयी 

वीरेन्द्र केसी

गुल्मी — उद्योग वाणिज्य संघको अधिवेशनबाट अध्यक्षमा प्रजातान्त्रिक प्यानलका श्रीप्रसाद भलामी पूरै प्यानलसहित निर्वाचित भएका छन् । भलामीले प्रतिष्प्रधी दुर्गाप्रसाद पाण्डेलाई १ सय ३७ मतान्तरले पछि पारेका छन् । भलामीले ३ सय ४ मत ल्याए भने पाण्डेले १ सय ६७ मत ल्याएका थिए ।  

उद्याेग वाणिज्य स‌ंघमा प्रजातान्त्रिक प्यानल विजयी 

पाण्डे प्यानलबाट एकजना पनि विजयी भएनन् । महिना दिन अघि राजनीतिक आधारमा पदीय भागवण्डा भएको थियो । तम्घासका व्यावसायीले दलीय सहमति नमानेपछि शनिबार निर्वाचन भएको हो ।


निर्वाचनमा दलीय प्रतिष्पर्धा भएको थियो । भलामीलाई कांग्रेसले र पाण्डेलाई नेकपासहितका सबै कम्युनिष्ट पार्टीले समर्थन गरेको थियो । मतदान शनिबार बेलुका सकिएपछि मतगणनाको नतिजा आइतबार बिहान सार्वजनिक गरिएको हो ।


उपाध्यक्षमा इश्वरीप्रसाद पौडेल ३ सय ६, मृगेन्द्र श्रेष्ठ ३ सय २६ र रामप्रसाद पन्थी २ सय ८७ मत ल्याएर विजयी भए । महासचिवमा ताराप्रसाद भुसालले २ सय ९४ मत ल्याएर विजयी भए ।


सचिवमा राजकुमार कक्षपति, कोषाध्यक्षमा इश्वरी बेल्वासे र सहकोषाध्यक्षमा मनिराम अर्याल विजयी भएको निर्वाचन अधिकृत गणेश खत्रीले बताए । सदस्यमा अर्जुन कार्की, गोपालप्रसाद भुसाल, इश्वरीप्रसाद कंडेल, गणेश पाण्डे, चेतनारायण पाण्डे, निरोज मरासिनी, विष्णुप्रसाद अधिकारी, ज्ञानहरी सापकोटा, शिलाकुमारी श्रेष्ठ र निर्मला केसी निर्वाचित भएको खत्रीले बताए ।

प्रकाशित : चैत्र १०, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?