३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सलाई खेलाउँदा जलेर बालिकाको मृत्यु

दुर्गालाल केसी

दाङ — आगोमा जलेर दाङमा एक बालिकाको मृत्यु भएको छ । आइतबार बेलुकी राप्ती गाउँपालिका १ वगाह सोतीका हिमाल रानामगरका ४ वर्षीय छोरा अमितले सलाई खेलाउने क्रममा कपडामा आगो लाग्दा जलेर उनकी एक महिनाकी बहिनी संगिताको मृत्यु भएको छ । 

आगोमा जलेर घाइते भएकी रानाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिनोदबिक्रम शाहले बताए ।


यसैगरी बंगालचुली गाउँपालिका ८ झिम्डीस्थित फनादर घर्तीको घरमा आइतबार बेलुका आगलागी हुँदा घर जलेर नष्ट भएको छ । सोलारको ब्याट्री सट भएर आगलागी भएको र आगलागीबाट घरका सम्पूर्ण सामान नष्ट भएको डिएसपी शाहले जानकारी दिए ।

प्रकाशित : चैत्र ११, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?