गुल्मी जीप दुर्घटना : पूर्वसांसद भण्डारीसहित तीनको मृत्यु‍ (अपडेट)

माधव अर्याल

पाल्पा — गुल्मीको मुसीकोट नगरपालिका-१, पौदीअमराईमा बिहीबार बिहान भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ यात्रु घाइते भएका छन् ।

गुल्मी जीप दुर्घटना : पूर्वसांसद भण्डारीसहित तीनको मृत्यु‍ (अपडेट)

मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटनामा धुर्काेट गाउँपालिका-५ का पूर्वसांसद रुद्रमणि भण्डारी र मालिका गाउँपालिका-१ का रोशर विकको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा गम्भीर घाइते भएकी मालिका–२ की २६ वर्षीया काेशिला थापाकाे मुसिकाेट नगरपालिका वामीमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप सडकबाट सय मिटर तल खसेको प्रहरी चौकी पौदी अमराईका प्रहरी सहायक निरीक्षक जयकुमार कोहारले जनाएका छन् ।

दुर्घटनामा घाइते भएका मालिका-२ कै १८ वर्षीय नरेन्द्र श्रीस र मुसीकोट नगरपालिका-१ का ४० वर्षीय भोजबहादुर भटराई र ३८ वर्षीया रिमा भटराईको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


मालिका-२ का ३२ वर्षीय सूर्यबहादुर थापाको अवस्था गम्भीर रहेको छ । थापाको खुट्टा र शरीरका विभिन्न भागमा चोट रहेको र कोशिलाको ढाँडमा चोटपटक रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये मालिका गाउँपालिका-२ की तीन वर्षीया बालिका कृतिमा थापा, ५ वर्षका जेनिस थापा, चालक ३६ वर्षीय कमल पुरीको वामी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र २८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?