१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पौडी खेल्ने क्रममा कर्णालीमा दुई बेपत्ता 

कमल पन्थी

बर्दिया) — जिल्लाको कोठियाघाटस्थित कर्णालीको भंगालो गेरुवा नदीमा आइतबार पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका छन् । 
बेपत्ता हुनेमा बाँके कोहलपुरका १९ वर्षीय दीपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षीय प्रज्वल कार्की रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । 

घटनास्थल नेपालकै लामो पुलदेखि करिब ५ सय मिटर उत्तरमा रहेको छ । उनीहरूको उद्धारका लागि प्रजिअ कुरुम्बाङ सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल त्यसतर्फ गएको छ । उक्त घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २५ किमी पश्चिममा पर्दछ ।






प्रकाशित : वैशाख १, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?