कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भासिएको वर्ष दिनमा पनि बनेन

बर्दिया — गुलरिया–बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित बबई नदीमा भासिएको पुल तत्काल पुनर्निर्माण नहुने भएको छ । 
पुल पुनर्निर्माणका लागि गुलरिया र बारबर्दिया नगरपालिकाका जनप्रतिनिधिले धेरै पटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई दबाब दिए पनि निर्माणको काम अझै सुरु भएको छैन ।

बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारूले पाँचपटकसम्म काठमाडौं पुगेर मन्त्रीसँग कुरा गर्दा तत्कालै सुरु हुन्छ भन्दै फर्काउने गरेको बताए ।


हस्तान्तरण नहुँदै पुल भासिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रौनियार, हालका अध्यक्ष उनका छोरा सुमितलगायत विरुद्ध विशेष अदालतमा बिगोसहित मुद्दा चलाएको छ । पप्पु कन्स्ट्रक्सनले ६ वर्षअघि सुरु गरेको उक्त पुल १६ करोड ६८ लाखमा निर्माण गरेको थियो ।


पुलका १७ स्परमध्ये पूर्वतर्फको एउटा पिल्लर भासिएको छ । पुल भासिएपछि अन्य २ पिल्लर पनि चर्किएका छन् । पुल भासिएको एकसहित ३ पिल्लर पुनर्निर्माण भए यातायात सञ्चालन गर्न सकिने प्राविधिकहरूले सुझाएका छन् । गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले मन्त्रीले आश्वासन दिए पनि काम नभएको बताए । ‘पुल नबन्दा सर्वसाधारण प्रभावित भएका छन्,’ उनले भने, ‘मन्त्रीकै निर्देशनसमेत कसैले नसुनेकाले अब निर्माणको सम्भावना झिनो बन्दै गएको छ ।’


पुल ०७४ साउन २८ गते भासिएको थियो । जब्दीघाटस्थित पुल भासिएपछि उत्तर–दक्षिण जोड्ने दुई नगरपालिकाबीच यातायात पनि विच्छेद भएको छ । पुल पुनर्निर्माण असारभित्र सम्पन्न हुन नसक्ने प्राविधिकले बताए । भासिएको पुलमाथिबाट जबरजस्ती सवारीसाधन गुडाएपछि पुल थप जोखिममा परेको छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?