कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीमा बेपत्ता दुईसहित तीनकाे शव फेला

कमल पन्थी

बर्दिया — जिल्लाको कोठियाघाटस्थित कर्णाली नदीको भंगालो गेरुवा नदीमा आइतबार पौडी खेल्ने क्रममा वेपत्ता भएको दुई युवाको शव मंगलबार फेला परेको छ । 

प्रहरीका अनुसार नयाँ वर्षमा घुम्न आएका बाँके कोहलपुरका १९ वर्षीय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षीय प्रज्वल कोइराला गेरुवामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । यसैगरी राजापुर नगरपालिका-१० का ५५ वर्षीय ठगु चौधरीको पनि शव फेला परेको छ ।


तीन दिन अघि नयाँ वर्ष मनाउन हिँडेका चौधरी बेपत्ता भएका थिए । उनको शव फेला परेको उद्दारमा संलग्न सशस्त्र प्रहरीका प्रमुख एसपी कृष्ण कोइरालाले बताए ।

काठमाडौ र कुरिनटारबाट आएका गोताखोरले तीनैजनाको शव फेला पारेको हो । नदीमा छ जना पौडी खेलिरहेका थिए ।


कोहलपुरका राजेन्द्र शाही, दाङ घर भई कोहलपुर बस्दै आएका देबेन्द्र थापा, कोहलपुरका दिनेश थारु र बर्दिया मानपुरटपराका अनुप केसी पौडी खेलेर ज्यान जोगाएका थिए ।

प्रकाशित : वैशाख ३, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?