बालिका बलात्कार आरोपमा पक्राउ 

माधव अर्याल

पाल्पा — गुल्मीमा १४ वर्षीया बालिका बलात्कार आरोपमा तानसेन नगरपालिका-५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँ पक्राउ परेका छन् ।

उनलाई गुल्मी छत्रकोट गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बुधबार दिउँसो जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो।

मामाघरबाट आमासँगै घर र्फकने क्रममा बालिका बलात्कारमा परेकी हुन्। मोटरसाइकलमा आएका मियाँले बालिकालाई घर पुर्‍याइदिने बहानामा जबर्जस्ती करणी गरेको गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए।

आमाको सहमतिमा मोटरसाइकलमा लगेको र बाटोमा जबर्जस्ती गरेर पैसा दिएर भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक बस्नेतले बताए। मियाँलाई अर्घाखाँचीको छत्रदेव गाउँपालिका अर्घातोषबाट बुधबार राति नै पक्राउ गरिएको हो।

कसैलाई नभन्नु भन्दै बालिकालाई ५ सय रुपैया दिएर मियाँ फरार भएका थिए। गुल्मी र अर्घाखाँचीको अर्घातोष प्रहरी चौकीबाट खटिएको प्रहरीले घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाशित : वैशाख ५, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

रासस

भक्तपुुर — सूर्यविनायक नगरपालिका-१० भातेढिकुरमा बुधबार राति १२ः४५ बजे बस र टिपर एकआपसमा ठक्कर खाएर भएको दुर्घटनाका घाइते एकको मृत्यु भएको छ भने दुईकाे उपचार भइरहेकाे छ।

भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नंको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नंको टिपर एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा-३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते बसका मालिक भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा बिहीबारबिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बसचालक सिन्धुपाल्चोक चौतारा साँगाचोक-३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइत भई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्