कोहलपुर राजमार्गमा भेटिएको बम सेनाद्वारा निष्क्रिय  

मधु शाही

बांके — कोहलपुरको राजमार्गमा झेटिएको बमलाई सेनाले निष्क्रिय गरेको छ । बिहान साढे ७ बजे तिर बम निष्क्रिय गरिएको कोहलपुर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मन बिसीले जानकारी दिए । 

बम कसले किन राखेको भन्ने जानकारी नभएको उनले बताए । तर, चन्द नेतृत्वको नेकपाले बन्द आव्हान गरेकोले त्यही समूहले बम राखेको आशंका प्रहरीले गरेको छ ।

प्रकाशित : वैशाख ५, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

त्रिभुवन राजपथमा २ वटा गाडीमा आगजनी

प्रताप विष्ट

हेटौडा — त्रिभुवन राजपथका दुई स्थानमा अज्ञात व्यक्तिहरुले गएराति दुईवटा गाडीमा आगजनी गरेका छन् ।  मकवानपुरको भिमफेदी गाउँपालिका—९ गोलमोडमा हेटौंडाबाट पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रकलाई बुधबार राति रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरका प्रहरी फ्रवक्ता सागर बित्रम राणाले बताए । 

यसैगरी मकवानपुरको थाहा नगरपालिका—४ सिमभन्ज्याङमा पालुङबाट हेटौंडातर्फ आउँदै गरेको ना२ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा पनि पेट्रोल छर्किएर आगजनी गरेका छन् ।

तीनजनाको समुहले आगजनी गरेर फरार रहेको प्रहरीले बताएको छ । आगलागीबाट दुईवटै गाडीको अग्रभाग क्षतिग्रस्त भएको छ । बिहीबारको बन्दलाई सफल बनाउन चन्द समूहका कार्यकर्ताहरुले आगजनी गरेको प्रहरीको ठम्याइ छ ।

प्रकाशित : वैशाख ५, २०७६ १२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्