बम विस्फोट लगत्तै एक पक्राउ 

माधव अर्याल

जिल्लाको रिब्दीकोट गाउँपालिका भवनमा बम विष्फोट भएलगत्तै बिहीबार प्रहरीले अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।

नेत्र विक्रम चन्द समूहको नेकपा निकट संघका अध्यक्ष रहेका उनलाई तानसेन नगरपालिका-८,मदनपोखरा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।


अन्दाजी ६० वर्षीय बस्याल सोही ठाउँका स्थानीय हुन् । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनलाई बिहीबारै मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । कुन मुद्दा लगाएर अगाडि बढ्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका बस्याल विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यसमेत हुन् । उनी किसान संघका केन्द्रीय सदस्य समेत रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?