कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ठगी र करणी अभियोगमा अनलाइन सञ्चालक पक्राउ

दुर्गालाल केसी

दाङ — लाखौं रुपैयाँ ठगी र करणी अभियोगमा प्रहरीले जलजला अनलाइनका सञ्चालक सागर ओलीलाई पक्राउ गरेको छ । ओलीलाई बिहीबार काठमाडौंको सिभिल मलबाट पक्राउ गरी शुक्रबार दाङ ल्याइएको छ । जिल्लाका विभिन्न महिलालाई ठगी र करणी गरेको ओलीलाई अभियोग लागेको छ ।

ठगी र करणी अभियोगमा अनलाइन सञ्चालक पक्राउ

चैत १४ मा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका ४० वर्षीय महेश भनिने भुवन धितालको बयानका आधारमा ओलीलाई पक्राउ गरिएको हो । धितालले जलजला अनलाइनबाट पत्रकार परिचयपत्र बनाई महिलाहरुलाई धम्काउने, ठगी गर्ने र जबर्जस्ती करणी गर्ने गरेको उजुरी परेको थियो । ओली धितालको मतियार बनेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताएका छन् ।


ठगीमा पाँच जना पीडितहरुको सामूहिक जाहेरी र जबर्जस्ती करणीमा तीन जनाको छुट्टाछुट्टै जाहेरीका आधारमा धिताललाई पक्राउ गरिएको थियो । ओली र धितालले पत्रकारिताको आवरणमा अपराध गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ६, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?