कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वडाध्यक्ष र विव्यस अध्यक्षलाई सफाई

हरि गौतम

रुकुम पूर्व — व्यक्ति वेपत्तासम्बन्धी मुद्दामा कारागार रहेका यहाँको एक वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षले सफाई पाएका छन् । पुथाउत्तरगंगा गाउँपालिका-२, का अध्यक्ष सतसिङ बुढा र सोही वडाको आधारभूत विद्यालय पेल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जसबहादुर कामीले रुकुमकोट जिल्ला अदालतबाट सफाई पाएका हुन् । 

वडाध्यक्ष र विव्यस अध्यक्षलाई सफाई

जिल्ला न्यायधीश दुर्गाबहादुर भूसालको आइतबारको इजलासले व्यक्ति बेपत्ता पार्नमा बुढा र कामीको संलग्नता नभएको भन्दै उनीहरुलाई सफाई दिने फैसला सुनाएको हो । उनीहरु विरुद्ध आधारभूत विद्यालय पेल्पाका शिक्षक मखनकुमार केसीलाई बेपत्ता पारेको मुद्दा लागेको थियो । बेपत्ता शिक्षक केसीका आफन्तले बुढा र कामीसहित अन्य ५ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । जसमध्ये २ जना अझै फरार छन् भने ३ जना शिक्षक बेपत्तामा कसुरदार ठहरिएका छन् । खिन्ते भनिने विकास बुढा, रामकृष्ण भनिने रामाराजा झाँक्री र विनोद खत्रीलाई कसुर कायम गरेको छ ।


अदालतको फैसला लगत्तै वडाध्यक्ष बुढा र विव्यस अध्यक्ष कामी रिहा भएका छन् भने बुढा, झाँक्री र खत्रीको अर्को पेसी भने वैशाख ३० गतेलाई तोकिएको छ । व्यक्ति वेपत्ता पार्नमा संलग्नता देखिएकाले उनीहरुको सजाय कायम गर्न एक हप्ता लाग्ने रुकुमकोट जिल्ला अदालतका निमित्त श्रेष्तेदार शंकरप्रसाद अधिकारीले बताए ।


प्रकाशित : वैशाख ८, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?