रोल्पामा बम विस्फोट

काशीराम डाँगी

रोल्पा — रोल्पा सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट गाउँमा सोमबार दिउँसो बम विस्फोट भएको छ । स्थानीयका अनुसार बजार क्षेत्र नजिक पर्ने रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किदा ठुलो धमाका सुनिएको थियो भने धुवाँ समेत देखिएको थियो । 

दिउँसो सवा १ बजेतिर बम पड्केपछि प्रहरीले त्यस क्षेत्र नियन्त्रणमा लिएको छ । अज्ञात समूहले बम पड्काएको प्रहरीले जनाएको छ । विस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल एक कार्यक्रमका लागि रोल्पा आएपछि त्यसको विरोध स्वरूप बम विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । लिबाङमा आइतबारदेखि सुरु भएको रोल्पा गुराँस साहित्य मेला कार्यक्रम पनि जारी छ । जलजला क्षेत्रको भ्रमण गर्ने समेत योजना रहेको उक्त कार्यत्रम तीन दिनसम्म चल्नेछ । कार्यक्रममा भाग लिन राजधानी लगायतका स्थानबाट आएका सहभागीहरू उक्त विस्फोटपछि आत्तिएका छन् ।


बम पड्किएको समयमा मुख्यमन्त्री पोख्रेल लिबाङमै एक कार्यक्रममा सहभागी थिए ।

प्रकाशित : वैशाख १६, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?