१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जिप दुर्घटनामा बालिकाको मृत्यु, ५ घाइते

हरि गौतम

(रुकुम पूर्व) — जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका-७, सिस्नेरी जाँदै गरेको लु १ ज १७८१ नम्बरको जिप दुर्घटना हुँदा सिस्ने गाउँपालिका-८, की ९ महिने निर्जला रावलको मृत्यु भएको हो ।

जिप दुर्घटनामा बालिकाको मृत्यु, ५ घाइते

सिस्ने गाउँपालिका-८, झिमखोलामा भएको उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।

दुर्घटनामा सिस्ने गाउँपालिका-८, भुरुङ्गाकी मृतक बालिकाकी आमा २४ वर्षीया रमिता रावल, सोही वडा धपेका १७ वर्षीय मोहन चन्द र भुरुङ्गाकै २५ वर्षीय गाडी चालक राजन बोहरा घाइते भएका छन् ।


यसैगरी सिस्ने गाउँपालिका-७, नाथीगाडकी १६ वर्षीया ईश्वरी गौतम र १७ वर्षीया ज्ञानु रेउले पनि घाइते भएका छन् ।


घाइते सबैको स्वास्थ्य चौकी धपेमा प्राथमिक उपचार गरी जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ । चालक पनि घाइते भएकाले गाडी दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको सुनारले जानकारी दिए ।


प्रकाशित : वैशाख २०, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?