कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेडिकल कलेजका विद्यार्थी लागूऔषध सहित पक्राउ

मधु शाही

बाँके — कोहलपुर मेडिकल कलेजमा अध्ययनरत २ जना विद्यार्थीलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला प्रहरीले सोमबार बेलुका साढे ७ बजे उनीहरलाई पक्राउ गरेको हो । 

मेडिकल कलेजका विद्यार्थी लागूऔषध सहित पक्राउ

प्रहरीका अनुसार धनगढीका २६ वर्षीय निशान चन र भारत(राजस्थान) का २५ वर्षीय अंकुर शर्मालाई भारतको रुपैडिया नाका हुँदै नेपालगन्जको जमुनिहामा आउँदा आउँदै पक्रिएको हो ।


उनीहरुसँग साढे ६ ग्राम ब्राउन सुगर नम्कीनको प्याकेटमा लुकाएर ल्याएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक दिपक मल्लले बताए । ‘अरु विस्तृत जानकारी अनुसन्धान पछि आउनेछ’, उनले भने, ‘दुवै जना प्रहरी नियन्त्रणमा छन् ।’


प्रहरी निरीक्षक मल्लले उनीहरु दुवै जना कोहलपुर मेडिकल कलेजको विद्यार्थी भएको जानकारी दिए । निसान चौथो वर्ष र अंकुर तेस्रो वर्षमा अध्ययनरत छन् ।

प्रकाशित : वैशाख २४, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?