कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आगलागीबाट ८ घरगोठ जले

३१ लाख बढीको क्षति
दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका-१ स्थित सल्लीबोट सामुदायिक वनमा लागेको आगो नजिकमा घरमा फैलिँदा ६ घर र २ गोठ जलेका छन् । आगलागीबाट ३१ लाख ५० हजार रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

मंगलबार बेलुका फैलिएको आगो घरगोठमा पुग्दा सम्पूर्ण सामान नष्ट भएको उनले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । शाहका अनुसार आगलागीबाट घोराही-१ तल्लो माले निवासी ४२ वर्षीय चुमानसिंह बिष्टको एक घर र एक गोठ जल्दा ६ लाख बराबरको क्षति भएको छ ।


यसैगरी स्थानीय ६० वर्षीय गमबहादुर गमालको दुई घर जल्दा ११ लाख ५० हजार, ३२ वर्षीय टुकमान गमालको एक घर जल्दा ७ लाख र श्यामलाल बिष्टको दुई घर र एक गोठ जल्दा ७ लाख बराबरको क्षति भएको डिएसपी शाहले बताए ।

प्रकाशित : वैशाख २५, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?