१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

आँपका बोट रित्तै

मधु शाही

बाँके — आँप लटरम्म फल्ने सिजन भए पनि यतीबेला रुखमा पात मात्र छन् । अनुकुल मौसन नहुनु र स्याहार सुसारमा ध्यान नदिदा यसपाली उत्पादनमा कमी आउने भएको छ । बांके र बर्दियामा आँप उत्पादन झन्डै ५० प्रतिशतले घट्ने कृषि ज्ञान केन्द्रले अनुमान गरेका छन्, जसले गर्दा यहाँका आँप उत्पादक निरास छन् ।

नेपालगञ्जको भवानीपुरका विजयबक्स चौधरीको बगैचामा ७४ वटा आँपका रुख छन् । ती मध्ये मुश्किलले २ वटामा फल लागेका छन् । अरु बोट रित्तै छन् । पुस्तादेखि व्यावसायिक आँप खेती गर्दै आएका छन् । दुइवर्ष यता उत्पादन सन्तोषजनक नरहेको उनले बताए । ‘आंप वर्ष विराएर फल्छ’, उनले भने, ‘गत वर्ष पनि राम्रो भएन । यसपटक झनै फलेन ।’

हुरी, पानी र असिनाले फलेका बतिला पनि झरेको उनले बताए । खजुरा गाउपालिकामा(२ का प्रकाश खडा झन्डै ९० बिघामा आप खेती गर्दै आएका छन् । राधेपुर कृषि फार्म संचालन गरेका उनले यसपटक ८० प्रतिशतले उत्पादनमा कमि आउने बताए । गत शुक्रबार असिना परेपछि सबै झरेको उनले बताए । उनका अनुसार असिनाले ४ क्विन्टल भन्दा बढि आप झरेको थियो ।

शनिबार बगैचामा मजदुर खटाएर झरेका आप संकलन गरेका थिए । तुलनात्मक रुपमा उत्पादन घटैछ । हावाहुरी र असिनाले आधा फल झरेर नस्ट भएको हो । आर्थिक वर्ष २०७४/२०७५ मा बांके र बर्दियाको १६ सय १६ हेक्टरमा आप खेती गरिएको थियो । जसमा जम्मा ४ हजार १ सय ३७ मेट्रिक टन उत्पादन भएको थियो । २०७५/२०७६ मा ५ हजार ६ सय ७० मेट्रिक टन आँप फलेको थियो । यस वर्ष आधा फल्न मुश्किल हुने देखिएका कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।


उनका अनुसार रुख बुढा भइसकेकाले सोचे जति फल लाग्दैन । मलजल, प्रशस्त पानी, भिटामीन र किरा मार्ने औषधी प्रयोग नगर्दा उत्पादनमा ह्रास देखिन थालेको हो । दुबै जिल्लाका पुराना बगैंचा सुक्दै छन् । जमिन टुक्रे बन्दै गएको छ ।

यसले आँप बगैचा क्षेत्रफल खुम्चिदै गएको केन्द्रका बागवानी विकास शाखा प्रमुख सम्भु नाथले बताए । ‘यहाँ पुराना आँपका बगान हराउदै छन्’, उनले भने, ‘नयाँ पुस्ताले खेती नै गर्न चाहदैनन ।’ साथै यसवर्ष भएका आँप बगानमा पनि फडे किराको प्रभाव देखिएको उनले बताए । त्यो किराले रस चुस्छ । दिसा पार्छ । अनि पात कुहिदै जान्छ ।


प्राविधिकका अनुसार पुस, माघमा आँपको बोटमा ‘रोगर’ र किटानस ठुसी नासक स्प्रे छर्किएनु पर्ने थियो । केन्द्र प्रमुख ढकालले आँपलाई हावाहुरीबाट जोगाउनु पर्ने बताए । यसको लागि वरिपरि ठुला रुख लगाई बीच भागमा होचा रुख लगाउदा पनि हावाहुरीको प्रभावबाट जोगाउन सकिने उनले बताए ।

प्रकाशित : वैशाख २५, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?