कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

वडा कार्यालय र शिक्षालय एउटै भवनमा

बर्दिया — भौतिक संरचना निर्माण नहुँदै गुलरिया–१० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरलाई प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्ले नियमविपरीत आईएस्सी एजी पढाइको स्वीकृत दिएपछि विद्यार्थी सास्ती भोगेका छन् ।

वडा कार्यालय र शिक्षालय एउटै भवनमा

वडा कार्यालयको होहल्लाबीच विद्यार्थी यहाँ पढ्न बाध्य भएका हुन् । सदरमुकामस्थित ज्योति पुस्तकालयमा रहेको वडा ७ र ८ को कार्यालयमुनि रहेको भवनमा आईएस्सी एजी प्रथम वर्षको पढाइ हुने गरेको छ ।


प्रयागपुर माविमा प्राविधिक शिक्षाका लागि भौतिक संरचना नभएका कारण करिब तीन किमि दूरीमा रहेको वडा कार्यालयको पहिलो तलामा विद्यार्थी जान बाध्य छन् । चार कोठे भवन निर्माण नभएका कारण विद्यार्थी यहाँ आउन बाध्य भएका हुन् । १७ जनाले अध्ययन गरिरहेका छन् ।


शिक्षा शाखा, गुलरियाका अधिकृत सतिश यादवले संरचना नहेरी स्वीकृत दिंदा विद्यार्थीको पढाइमा असर परेको बताए । विषयगत शिक्षक पाँच जनामध्ये एक जना नेरामावि प्रयागपुरका छन् । प्राविधिक शिक्षालयमा तीन जना कर्मचारी रहेका छन् । शिक्षकलाई पढाएबापत प्रतिघन्टी ३ सय ५० रुपैयाँ दिने गरिएको छ । शिक्षा अधिकृत यादवले हरेक विद्यार्थीले तीन वर्षका लागि १ लाख ८० हजार रुपैयाँ शुल्क बुझाउँदै आएको बताए ।


ज्योति पुस्तकालय गुलरियाको भवनमा दुई वडा कार्यालय र प्राविधिक क्याम्पस संचालन हुँदै आएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्बाट संचालित आईएस्सी प्रथम वर्षको पढाइ वडा कार्यालयको पहिलो तलामा भइरहेको छ ।


नगरपालिकाका मेयर मुक्तिनाथ यादवले साउनदेखि नयाँ भवनमा प्राविधिक शिक्षालय स्थान्तरण गरिने बताए । नेपाल राष्ट्रिय मावि, प्रयागपुरबाट संचालित प्राविधिक शिक्षाको पढाइ भौतिक संरचना नभएका कारण ज्योति पुस्तकालयको भवनमा भइरहेको हो ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?