१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुई महिने छोरीको हत्या आरोपमा आमा पक्राउ 

माधव अर्याल

पाल्पा — दुई महिनाकी आफ्नै छोरीको हत्या आरोपमा गुल्मीको गुल्मीदरबार गाउँपालिका-४ की ३६ वर्षीया जमुना विक बिहीबार राती पक्राउ परेकी  छन् ।

उनले दुई महिनाकी छोरीको दाउराले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिहीबार बेलुकी ७ बजे हत्या गरेकी उनलाई प्रहरीले राति नै पक्राउ गरेको वडाध्यक्ष खुमबहादुर पल्लीले बताए ।


स्थानीयका अनुसार विकले पटक-पटक छोरीको हत्या प्रयास गरेकी थिइन् । विकको दुई छोरा छन् । मदिरा सेवन गर्ने र छोरालाई पनि कुटपिट गर्दै आएकाले दुबै छोरालाई मावलमा लगेर राखेको स्थानीयले बताए । प्रहरी प्रमुख एसपी दीपक कुमार बस्नेतले घटनाबारेमा थप अनुसन्धान भइरहेको बताए । बालिकाको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?