मिडिया काउन्सिल विधेयकको विरोधमा बारको ऐक्यबद्धता

कमल पन्थी

बर्दिया — प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहित ल्याइएको मिडिया काउन्सिल विधेयकको विरोधमा शुक्रबार नेपाल पत्रकार महासंघले गरेको प्रदर्शनमा नेपाल वार एशोसिएसनले ऐक्यबद्धता जनाएको छ । 

मिडिया काउन्सिल विधेयकको विरोधमा बारको ऐक्यबद्धता

महासंघले गरेको प्रदर्शन राधाकृष्ण चोक हुँदै प्रशासन कार्यालयको मुलद्वारमा पुगेर कोणसभा गरेको थियो ।


सूचना प्रविधि सम्बन्धी ऐनमा भएका प्रेस स्वतन्त्रता विरोधी दफाहरु सञ्चाइयोस, मिडिया काउन्सिल विधेयकको प्रेस विरोधी प्रावधान खारेज गरियोस् लगायतका नारा लगाउँदै पत्रकार र कानुन व्यवसायी प्रदर्शनमा सहभागी भएका थिए ।


कोणसभामा वार एशोसिएशनका जिल्ला अध्यक्ष देवीदत्त देवकोटाले प्रेस विरोधी विधेयक कुनै हालतमा स्वीकार नहुने बताए । नागरिक अगुवा कानुन व्यवसायी विद्याप्रसाद खनालले पत्रकारहरुको जायज मागका लागि सडक संघर्ष गर्न तयार रहेको बताए ।

प्रकाशित : जेष्ठ ३, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?