बुवाको हत्या आरोपमा छोरा पक्राउ

कमल पन्थी

बर्दिया — जिल्लाको ठाकुरबाबा नगरपालिका-२बलातीमा बुवाको घाँटी रेटेर हत्या गरेकाे अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । 

३५ वर्षीया छोरा गुणरत्न पोखरेलले ७४ वर्षीय बुवा रत्नलालकाे हत्या गरेको आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।


प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार रत्नलालको टाउको र शरीर छुट्टएिको शव घरबाट करिब ४० फिट टाढा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो ।


घटनास्थलबाट बन्चरो, मोबाइलका व्याट्री, चप्पल र रगतका टाटा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी फेला परेको उक्त शवको प्रकृति हेर्दा तीन दिन अघि हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक बास्तोलाले जनाए । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ४० किलोमिटर पश्चिमोत्तरमा पर्छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?