दुर्घटनामा एक महिलाको मृत्यु
दाङ — घोराही उपमहानगरपालिका १६ रावतगाउँ चोकमा बुधबार बेलुकी मोटरसाइकल र पावर टेलर ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
घोराहीबाट तुलसीपरतर्फ जाँदै गरेको लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९८५३ नम्बरको पावर टेलर ठोक्किँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका १४ पहलीकी २४ वर्षीया पूजा परियारको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी परियारको उपचारका क्रममा राती राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
पहलीकै मोटरसाइकल चालक गुमान विक घाइते छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । पावर ट्रिलर चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।
प्रकाशित : जेष्ठ ९, २०७६ ११:०६प्रतिक्रिया